प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिएको हो। विज्ञप्तिअनुसार प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि १८ गतेसम्म चीनमा रहनेछन्। उनी सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङ, उपराष्ट्रपति हान झेङलगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै उनले एनसिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्ने तयारीसमेत रहेको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मालगायत रहनेछन्।



















प्रतिकृया