दुई लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ। स्वरोजगार लघुवित्त र स्वाभिमान लघुवित्तको बोंनस सेयरमा मूल्य समायोजन भएको हो।
स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य ८४६.०३ रुपैयाँ कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ९६०.२४ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य १७३६.०६ रुपैयाँ कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य १८२२.८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया