सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २७ गते
सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय बैठक कक्षमा सुरु भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरिरहेका छन्।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधनकोप्रति राष्ट्रपतिसमक्ष प्रस्तुत गरे। सदनको उच्चासनमा राष्ट्रपति पौडेलसँगै सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्रिपरिषद्का सदस्य, दुवै सदनका सांसद उपस्थिति छन् ।

त्यसअघि राष्ट्रपति पौडेललाई सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहालले स्वागत गरेका थिए ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स