यसपटकको बजेट अधिवेशनलाई फरक ढंगले सञ्चालन गर्ने तयारी हुँदैछ: सभामुख अर्याल

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ४ गते
यसपटकको बजेट अधिवेशनलाई फरक ढंगले सञ्चालन गर्ने तयारी हुँदैछ: सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदलाई थप गतिशील र प्रभावकारी बनाउन नयाँ नजीर स्थापना गर्दै अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले विगतका अव्यवहारिक अभ्यास त्याग्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकासअनुसार संसद सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार संसदलाई देश र समाजको आवश्यकता अनुरूप अघि बढाइनेछ। विधेयक तयार गर्नु अघि सरोकारवालासँग व्यापक छलफल गर्नुपर्नेमा उनले विशेष जोड दिए।

सभामुख अर्यालले यसपटकको बजेट अधिवेशनलाई फरक ढंगले सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै विधि, प्रक्रिया, कानून र संविधानको पूर्ण पालना गर्दै छिटोछरितो र त्रुटिरहित कार्यप्रणाली अपनाइने बताए।

उनले प्रत्येक नागरिकले ‘आफ्नो सरकार’ भएको अनुभूति गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी, नयाँ संसद भवनको निर्माण कार्य छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै समाचार संकलनका क्रममा पत्रकारहरूले भोगिरहेका समस्याहरू समाधान गर्ने प्रतिबद्धता पनि जनाए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स