प्रभु बैंक लिमिटेडका सीईओ अशोक शेरचन हिरासतबाट मुक्त

प्रभु बैंक लिमिटेडका सीईओ अशोक शेरचन हिरासतबाट मुक्त

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रहरी हिरासतबाट मुक्त भएका छन्। सरकारी वकिलको कार्यालयले उनलाई रिहा गर्ने निर्णय गरेपछि शेरचनलाई उनकी श्रीमती र कानून व्यवसायीको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ।

शेरचनसहित बैंकका अन्य केही कर्मचारी पनि आजै हिरासतबाट रिहा भएका छन्। तीनवटा मुद्दामा म्याद थपका लागि लगिएको भए पनि विशेष सरकारी वकिलको कार्यालयले हिरासतमा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। प्रवक्ता श्रेष्ठका अनुसार अब शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स