ग्रिसमा शक्तिशाली भूकम्पको धक्का 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ८ गते
ग्रिसमा शक्तिशाली भूकम्पको धक्का 

ग्रिसका क्रेट र सान्टोरिनी टापुहरूमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ। भूकम्प क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर उत्तरपूर्वमा, ६८ किलोमिटर गहिराइमा केन्द्रित भएको थियो।

पर्यटकहरूबीच लोकप्रिय यी टापुहरू पछिल्ला केही महिनादेखि लगातार साना भूकम्पीय झट्काले हल्लिइरहेका छन्। यसको असरस्वरूप सान्टोरिनी र वरपरका केही टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ।

ग्रिक मुख्य भूमिको दक्षिणपूर्वमा पर्ने साइक्लेड्स समूहका सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरूमा जनवरीको अन्त्यदेखि हालसम्म हजारौँ साना भूकम्पहरू रेकर्ड गरिएका छन्। यद्यपि, ती झट्काहरूले कुनै मानवीय क्षति वा उल्लेखनीय संरचनात्मक हानि पुर्‍याएका छैनन्।

भूकम्पीय गतिविधि हुने एजियन सागर, अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरूको संगमस्थलमा पर्छ। वैज्ञानिकहरूका अनुसार हालै गएको ६.१ म्याग्निच्युडको भूकम्प सन् १९६४ यता यो क्षेत्रमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशालीमध्ये एक हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स