ललितपुरका यी ८ स्थानमा आज दिउँसो १२ बजेदेखि बिजुली कटौती हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ८ गते
ललितपुरका यी ८ स्थानमा आज दिउँसो १२ बजेदेखि बिजुली कटौती हुने
Representative Image
AdvertisementAds

नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज दुई घण्टासम्म बिजुली कटौती गर्ने जनाएको छ। प्राधिकरणका अनुसार, पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।

प्राधिकरणले जारी गरेको सूचनामा पाटनको १३२ केभी सबस्टेशनमा आवश्यक प्राविधिक कार्य गर्नुपर्ने भएकाले लाइन काटिन लागेको उल्लेख छ।

यस विद्युत् कटौतीका कारण ग्राहकले भोग्नुपर्ने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ। साथै, निर्धारित कार्य समयमै सम्पन्न गरी यथाशक्य चाँडो नियमित आपूर्ति सुनिश्चित गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स