राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सात बुँदे राजनीतिक सहमति भएपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।राजनीतिक समीकरणलाई नयाँ ढंगले अघि बढाउने तयारीबीच आइतबार बिहान रवि र बालेनबीच सात बुँदे सहमति भएको हो।
दुई नेताबीच सहमति सार्वजनिक भएपछि सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य उछाल आएको हो। आज नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ मा बन्द भएको छ। १३ उपसमूह सबै बढेका छन्। आज कुल ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३२८ कम्पनीका १ करोड ३४ लाख सेयर कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
नेप्से ४७.५५ अंकले बढ्दा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनी: आज नेप्से ४७.५५ बढ्दा २३८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्ने कम्पनीहरु क्रमशः मिड सोलु हाइड्रोपावर, जोशी हाइड्रोपावर, अपर स्याँगे हाइड्रोपावर, रु रु जलविद्युत र मल्टिपर्पोज फाइनान्स रहेको छ।
नेप्से ४७.५५ अंकले बढ्दा सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनी: आज नेप्से ४७.५५ बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घट्ने कम्पनीहरु क्रमशः विन नेपाल लघुवित्त, एसवाई प्यानल, स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर र रहेका छन्।



प्रतिकृया