instainsta

१७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै फेदीखोला हाइड्रोपावर

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १ गते
१७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै फेदीखोला हाइड्रोपावर
AdvertisementAds

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ। कम्पनीको साधारणसभाले पुँजी वृद्धि गर्दै सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ स्थित फेदीखोला (थुमलुङ्ग)मा ४.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजना आगामी पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। प्रारम्भिक अनुमानमा ९४ करोड रुपैयाँ लागत पर्ने बताइएकामा २०८१ साउन १५ को बाढीका कारण खर्च बढेर ९८ करोड रुपैयाँ पुग्ने भएको छ।

निर्माण लागतमध्ये ४८ करोड रुपैयाँ (४९ प्रतिशत) स्वपुँजीमार्फत संकलन गरिँदैछ भने बाँकी ५० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरूप जुटाइएको हो। साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँमा १० करोड थप गरी ७० करोड पुर्‍याउने निर्णय गर्दै, त्यसको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

साथै, कम्पनीले वन्डर्स इनर्जीको ९ मेगावाट क्षमताको खिम्ती घ्वाङ्गखोला आयोजना र १५ मेगावाटको इर्खुवा खोला आयोजनामा क्रमशः ५ करोड र १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले २०९० सालभित्रमा कम्तीमा १०० मेगावाटको आयोजना अघि बढाउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स