पाँचथर पावर कम्पनीले आफ्नो दशौँ वार्षिक साधारण सभा पुस १३ गते बोलाएको छ। मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा काठमाडौंको बत्तिसपुतलीस्थित होटेल इम्पेरियलमा बिहान ११ बजे बोलाउने निर्णय गरेको हो।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू माथि समेत छलफल गरी अनुमोदन गरिनेछ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्ने एजेंडा रहेको कम्पनीले जनाएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ९ गते बुक कलोज गर्ने भएको छ । जसअनुसार, पुस ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया