वैदेशिक रोजगारीमा रहेकालाई माघ २१ गतेदेखि ओम मेगाश्रीको आईपीओ खुला हुने



Advertisement
Ads

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले यही माघ २१ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गर्न लागेको हो।


Advertisement

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेर १०० अंकित मूल्यमा ६० करोड रुपियाँको जारी पुँजीको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ। पहिलो चरणमा कुल कित्ताको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।आईपीओमा श्रम स्वीकृति प्राप्त नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


Advertisement

दोस्रो चरणमा कम्पनीले ५ प्रतिशत (९० हजार कित्ता) सामूहिक लगानी कोष, ३ प्रतिशत (५४ हजार कित्ता) कर्मचारीका लागि छुट्याउनेछ। बाँकी १४ लाख ७६ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

केयर रेटिङ नेपालले ओम मेगाश्रीलाई केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन र बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर