नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमा रहेको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अहिले अन्तर्राष्ट्रिय स्तरमा बदनाम भएको दाबी गरे।
‘नेपालीलाई भिसा नदिने, काम नदिने अवस्था भइसकेको छ,’ ओलीले भने, ‘नेपाललाई इमानदार र कर्मठ मानिसहरूको देश बनाउनुपर्ने आवश्यकता छ।’ देशभित्रै भएको सिंहदरबार आगजनीबारे पनि उनले टिप्पणी गरे। मेयर बालेन शाहलाई लक्षित गर्दै ओलीले भने, ‘देश र इतिहासलाई माया गर्नेले सिंहदरबार जलाउँदैन। अरू घुसपैठ गर्ने तत्त्वले जलाएका हुन्। जो पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेर भन्दै आएका थिए, त्यो योजनाबद्ध काम हो।’ ओलीले युवालाई निराश नहुन र कठिन परिस्थितिमा पनि संघर्ष जारी राख्न आग्रह गर्दै बाह्य हस्तक्षेप र षड्यन्त्रलाई बुझेर दृढतापूर्वक राष्ट्रिय हितमा अडिनुपर्ने बताए।




















प्रतिकृया