नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले निर्वाचनको तयारी नगरेको र त्यसतर्फको इच्छाशक्ति पनि नदेखिएको आरोप लगाएका छन्। भक्तपुरमा बिहीबार आयोजित एमाले सभालाई सम्बोधन गर्दै उनले देशलाई सही दिशामा फर्काउन संसद् पुनःस्थापनाबाहेक अन्य विकल्प नभएको बताए।
ओलीले भने, “अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगबाट विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर अगाडि बढ्नुको विकल्प छैन।” उनले नेपाली कांग्रेसलाई पनि यही मार्गमा अगाडि बढ्न आग्रह गर्दै भने, “मैले विश्वास लिएको नेपाली कांग्रेस पनि यही बाटोमा अगाडि बढ्नेछ।”
ओलीका अनुसार असंवैधानिक कदमलाई स्वीकार गरेर अघि बढ्ने हो भने त्यसको परिणाम देशका लागि हानिकारक हुने छ। उनले भने, “असंवैधानिक कुरालाई मान्यता दिएर हामी अगाडि बढ्न सकेनौं भने पछि ढिलो भएछ भनेर पछुतो मानेर बस्नुपर्ने हुन्छ।” उनले देशको स्थायित्व, संविधानको रक्षा र जनताको अधिकारका लागि संसद् पुनःस्थापनाको मुद्दामा सबै दल एकजुट हुनुपर्ने पनि बताए।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया