instainsta

अब पठाओ र इनड्राइभ चलाउन छुट्टै लाइसेन्स लिनुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
अब पठाओ र इनड्राइभ चलाउन छुट्टै लाइसेन्स लिनुपर्ने
AdvertisementAds

अब राइड सेयरिङ सेवा सञ्चालन गर्न चाहने चालकहरूका लागि सरकारले छुट्टै लाइसेन्सको व्यवस्था गर्ने भएको छ। यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सरकारले नयाँ नियम लागू गर्ने तयारी गरिरहेको छ।

यातायात व्यवस्था विभागका अनुसार, पछिल्लो समय केही व्यक्तिहरू बिना दर्ता यात्रु ओसारपसार गरिरहेका थिए। यसले सुरक्षासँगै कर प्रणालीमा पनि असर पार्ने भन्दै सरकारले छुट्टै लाइसेन्सको व्यवस्था लागू गर्ने तयारी गरेको हो।

सरकारले सवारी तथा यातायात ऐन २०३९ मा संशोधन गरी व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि छुट्टाछुट्टै लाइसेन्स जारी गर्ने योजना बनाइएको छ। नयाँ व्यवस्था लागू भएपछि व्यक्तिगत प्रयोजनका लागि जारी गरिएको लाइसेन्स भएका चालकहरूले व्यवसायिक रूपमा यात्रु बोक्न पाउने छैनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स