अब ५०० रुपैयाँसम्मको ट्रान्सफरमा कुनै पनि शुल्क नलाग्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २० गते
अब ५०० रुपैयाँसम्मको ट्रान्सफरमा कुनै पनि शुल्क नलाग्ने

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीमा लाग्ने शुल्क परिमार्जन गर्दै मोबाइल बैंकिङ, कनेक्ट आईपीएस तथा वालेटमार्फत ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर निःशुल्क गर्ने व्यवस्था लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट वा वालेटमा रकम राख्दा वा झिक्दा ५०० रुपैयाँसम्म कुनै शुल्क लाग्ने छैन। ५०० रुपैयाँदेखि ५००० रुपैयाँसम्मको ट्रान्सफर गर्दा ४ रुपैयाँ, ५००० रुपैयाँभन्दा माथि ८ रुपैयाँ शुल्क लाग्नेछ।

मर्चेन्ट भुक्तानीको हकमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५००० रुपैयाँसम्म ४ रुपैयाँ, र ५००० भन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ शुल्क तोकिएको छ। तर, सेवाप्रदायक तथा मर्चेन्टले शुल्क ब्यहोरेको कारोबारमा ग्राहकलाई कुनै शुल्क लाग्ने छैन।

यो शुल्कमा सरकारलाई तिर्नुपर्ने १३ प्रतिशत भ्याट समेत समावेश हुनेछ। चैत्र १९ गतेदेखि कनेक्ट आईपीएसमा यो व्यवस्था लागू भइसकेको छ। बैंक वित्तीय संस्था तथा वालेटहरूले आफ्ना प्रणालीहरूमा आवश्यक मिलान गरेपछि मोबाइल बैंकिङ र वालेटमा पनि क्रमशः लागू हुनेछ।हाल ५२ बैंक वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एपमा आरपीएस कनेक्ट आईपीएस फण्ड ट्रान्सफर सेवा उपलब्ध छ। साथै, १३ भन्दा बढी वालेटहरूमा बैंक खाताबाट क्यास इन/आउटको सुविधा प्रयोग गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स