नेपाल राष्ट्र बैंकले बैंकिङ कारोबारमा राष्ट्रिय परिचयपत्रको प्रयोगलाई अनिवार्य गर्ने नीति अवलम्बन गरेको छ। बिहीबार केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा यसको नम्बर अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेको हो।
नयाँ निर्देशनअनुसार, २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा ग्राहकको पहिचान यकीन गरी मात्र खाता खोल्ने प्रबन्ध मिलाउनुपर्नेछ। यसका लागि राष्ट्रिय परिचयपत्र वा यसको नम्बर अनिवार्य रुपमा प्रमाणित गरिनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, सरकारी भुक्तानी र सामाजिक सुरक्षाका रकम वितरणका लागि सरकारी निकायले उपलब्ध गराएका विवरणका आधारमा खाता खोल्न सकिनेछ। तर, रकम झिक्नुअघि ग्राहकको पहिचान र सम्पुष्टि प्रक्रिया पूर्ण गर्नुपर्ने प्रावधान समेत निर्देशनमा उल्लेख गरिएको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया