instainsta

अब धरानमा खैनी, गुट्खा, चुरोटलगायतका सुर्तीजन्य वस्तुहरू किनबेच गर्न नपाइने

अब धरानमा खैनी, गुट्खा, चुरोटलगायतका सुर्तीजन्य वस्तुहरू किनबेच गर्न नपाइने
AdvertisementAds

धरानमा सुर्तीजन्य वस्तुहरूको किनबेचमा प्रतिबन्ध लगाइएको छ। धरानको कार्यपालिका बैठकले उपमहानगरपालिकाको क्षेत्रभित्र सुर्तीजन्य वस्तुहरूको भण्डारण र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।

नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) का अनुसार, उपमहानगरपालिकाले खैनी, गुट्खा, चुरोटलगायतका सुर्तीजन्य वस्तुहरूको भण्डारण, बिक्री र प्रयोगमा पूर्ण रोक लगाएको छ। कार्यपालिका बैठकको निर्णयअनुसार, एक महिनाभित्र सार्वजनिक स्थानबाट यस्ता वस्तुहरू हटाइने छन् र यदि कसैले उल्लङ्घन गर्यो भने जफत गरि कानुनअनुसार जरिवाना गर्ने व्यवस्था गरिएको छ।

नगरप्रमुख राईले बताए अनुसार, बजार क्षेत्रहरूमा जथाभावी सुर्तीजन्य पदार्थको किनबेचले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँदै आएको छ। साथै, गुट्खा र खैनी जस्ता पदार्थको फोहर सडकमा फ्याँकिएर दुर्गन्ध फैलाउने र वातावरणमा प्रदूषण ल्याउने गरेको छ, जसका कारण यस्ता वस्तुहरूको प्रयोगमा रोक लगाउनु परेको हो।

धरानका विभिन्न सार्वजनिक स्थानहरू जस्तै सडक, पुस्तकालय, शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धार्मिक स्थलहरूमा यस्ता वस्तुहरूको फोहर अत्यधिक मात्रामा भेटिन थालेपछि, यो कदम चालिएको नगरप्रमुखले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स