नर्भिक हस्पिटलले गर्यो ४२.१०५ प्रतिशत लाभांश घोषणा, अब आईपीओ निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ६ गते
नर्भिक हस्पिटलले गर्यो ४२.१०५ प्रतिशत लाभांश घोषणा, अब आईपीओ निष्काशन गर्ने
AdvertisementAds

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल ४२.१०५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। सञ्चालक समितिले भदौ ४ गते बसेको बैठकमा यस लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार, कम्पनीले ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ जहाँ बोनस सेयरमा लाग्ने कर रकम नगद लाभांशबाट कट्टा गरिनेछ। यस लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ २९ गते थापाथली, काठमाडौंमा साढे १२ बजे वार्षिक साधारण सभा बोलाएको छ।

साधारणसभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणका साथै संचालकहरुको निर्वाचन, साधारण शेयर निष्काशन प्रबन्धकको नियुक्ति अनुमोदन र अन्य विविध प्रस्तावहरू छलफल तथा पारित गरिनेछ।

विशेष प्रस्तावअनुसार, ४० प्रतिशत बोनस सेयर वितरण, जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने र बोनस सेयर जारीपश्चात आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अधिकार संचालक समितिलाई दिने समावेश छन्। साधारणसभाले यी प्रस्तावहरू पारित गरेपछि लाभांश र अन्य प्रस्ताव लगानीकर्तामा वितरण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स