उच्चस्तरीय आर्थिक सुझाव तथा सुधार आयोगले तत्कालका लागि नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेको निष्कर्ष निकालेको छ। शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनमा अहिलेको अवस्था हेर्दा नयाँ एक्सचेञ्ज खोल्ने औचित्य नरहेको र बरु वर्तमान नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पुनःसंरचना गर्नुपर्ने उल्लेख गरिएको छ।
प्रतिवेदनमा नेप्सेको पुँजी विस्तार गर्दै निजी क्षेत्रलाई स्वामित्वको हिस्सा दिनु उपयुक्त हुने भनिएको छ। भने सेयर कारोबारसँग सम्बन्धित शुल्कहरू घटाउन र प्रणालीलाई झन् प्रभावकारी बनाउने सिफारिस गरिएको छ। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पनि पुनःसंरचना गरेर जनशक्ति थप्ने र निजी लगानीकर्ताको सहभागिता सुनिश्चित गर्दै सुरक्षित र भरपर्दो डिपोजिटरी सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
नयाँ स्टक एक्सचेञ्ज खोल्नुभन्दा पहिले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) सञ्चालनमा ल्याउनु उपयुक्त हुने आयोगको ठहर छ। त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जस्तो कानुनी संरचना आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। पुँजी बजारमार्फत निजी उद्योगहरूले सहज रूपमा लगानी जुटाउन सकून् भनेर सेयर र बण्ड निष्कासनको प्रक्रिया सरल बनाउनु पर्ने, लागत घटाउनु पर्ने र नियमन प्रणालीलाई लचिलो बनाउनु पर्ने आयोगले सुझाव दिएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया