मन्त्रिपरिषद् बैठकमा सुकुम्बासी बस्ती खाली गर्ने विषयमा कुनै निर्णय भएको छैन: प्रवक्ता पोखरेल

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १० गते
AdvertisementAds
मन्त्रिपरिषद् बैठकमा सुकुम्बासी बस्ती खाली गर्ने विषयमा कुनै निर्णय भएको छैन: प्रवक्ता पोखरेल
AdvertisementAds

सरकारले सुकुम्बासीका नाममा अतिक्रमित भूमि खाली गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी बस्ती खाली गर्ने विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको जानकारी दिएका हुन्। उनका अनुसार अतिक्रमित बस्ती हटाउने विषयमा बैठकमा कुनै निर्णय भएको छैन।

यसअघि प्रधानमन्त्री बालेन शाहले आगामी आइतबारसम्म काठमाडौंसहित मुख्य सहरका नदी किनारका अतिक्रमित बस्ती हटाउन निर्देशन दिएको चर्चा चलेको थियो। तर, मन्त्री पोखरेलले सो विषयमा सरकारले कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पारेका छन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स