instainsta

१३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्दै निभिक्स फर्मास्यूटिकल्स, अन्डरराइटिङमा मुक्तिनाथ क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ८ गते
१३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्दै निभिक्स फर्मास्यूटिकल्स, अन्डरराइटिङमा मुक्तिनाथ क्यापिटल
AdvertisementAds

निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको १३ लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति व्यवस्थापन (अन्डरराइटिङ) कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। सम्झौतामा निभिक्सका प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा निभिक्स फर्मास्यूटिकल्सका अध्यक्ष कालिदास पौडेल, सञ्चालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल र चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको पनि उपस्थिति रहेको थियो।

विक्रम संवत २०७४ मा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्स लिमिटेड २०८१ सालको पौष २ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको अनुमति प्राप्त गरिसकेको छ। हाल कम्पनीले ५६ प्रकारका औषधिहरु उत्पादन गर्दै आएको छ।

कम्पनीले मुख्यतया मुटु रोग, मधुमेह, श्वास–प्रश्वास, कलेजो र पेटसम्बन्धी रोगहरूको उपचारमा प्रयोग हुने औषधिहरु उत्पादन गर्दै आएको छ। साथै, कम्पनी नयाँ औषधिहरुमा अनुसन्धान गर्दै उत्पादन विस्तारको तयारीमा पनि जुटेको छ।

निभिक्स् फर्मास्यूटिकल्सले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स