राजावादी आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा निर्मल निवासलाई दुखेन: विश्वप्रकाश शर्मा

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
राजावादी आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा निर्मल निवासलाई दुखेन: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभामा बोल्दै राजावादीको हिँसात्मक आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त नगरेकोमा आक्रोश प्रकट गरेका छन्।

‘तीनकुने घटनामा सविन महर्जन श्रमजीवी युवा र पत्रकार सुरेश रजकको मृत्यु भयो । सबैले दुख व्यक्त गरे। राजनीतिक दल सबैको वक्तव्य आएको छ। तोडफोड हुँदा सबैको मन दुख्यो। तर निर्मल निवासलाई दुखेन। नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो। तर निर्मल निवासलाई दुखेन।’

शर्माले आजको संसद् बैठकलाई सम्बोधन गर्दै भने, ‘राजा ल्याउँछु भन्ने युवालाई म भन्न चाहन्छु। तीनकुनेलाई दुख्दै गर्दा, तपाईंको मन दुख्दै गर्दा, हृदय नदुख्ने तपाईं कस्तो राजाको परिकल्पना गर्दै हुनुहुन्छ।’
प्रधानमन्त्रीको सम्बोधनलाई राप्रपाका सांसदले अवरुद्ध गरेकोमा शर्माले असन्तुष्टि व्यक्त गर्दै संसद् नियमावलीको ख्याल राख्न समेत आग्रह गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स