नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ) ले डोल्मा इम्प्याक्ट फण्डसँगको संयुक्त लगानीमा ९० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना विकास गर्ने भएको छ।हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित एनआईआईएफको प्रबन्धक ग्लोबल इक्विटी फण्ड लिमिटेड ले डोल्मा इम्प्याक्ट फण्ड अन्तर्गतको सोलार फार्म लिमिटेड मा आंशिक स्वामित्व खरिद गरेको हो।
यो लगानी वैकल्पिक ऊर्जा स्रोतको उपयोग गर्दै आन्तरिक ऊर्जा माग पूरा गर्ने, आयातित इन्धनमा निर्भरता घटाउने र दीगो ऊर्जा भविष्यतर्फ अघि बढ्ने रणनीतिसँग मेल खाने उद्देश्यका साथ गरिएको हो। सोलार फार्म लिमिटेड नेपालकै अग्रणी अन–ग्रिड सौर्य स्वतन्त्र विद्युत उत्पादक हो। हाल तनहुँको बेलचौतारास्थित ५ मेगावाट क्षमताको सौर्य फोटोभोल्टाइक प्लान्ट सञ्चालनमा छ। यस कम्पनीले सोलार फार्म लुम्बिनी (५० मेगावाट) र सोलार फार्म बुद्धभूमि (४० मेगावाट) मार्फत ९० मेगावाट क्षमताको अन–ग्रिड सौर्य परियोजना विकासका लागि बोलपत्र जितेको छ।
एनआईआईएफको यो लगानीपछि ग्लोबल इक्विटी फण्ड सौर्य क्षेत्रमा ठूला संस्थागत लगानीकर्तामध्ये एक बनेको छ। यसअघि यस फण्डले २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जीआई सोलार र अफ–ग्रिड सौर्य कम्पनी घाम पावरमा पनि लगानी गरिसकेको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया