डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः सर्वसम्मतिले निर्वाचित भएका छन्। पोखरामा आज आयोजित एशोसियसनको १९औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। सभाले गत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय-व्यय, लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
नयाँ कार्यसमितिमा कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै, गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय सचिवमा चयन भएका छन्।कोषाध्यक्षको जिम्मेवारी ज्योति विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई दिइएको छ।
सदस्यहरूमा लुम्बिनी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, महालक्ष्मी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल चयन भएका छन्।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया