आजदेखि सेयर कारोबारको चलखेल रोक्न नेप्सेको नयाँ विधि लागू



Advertisement
Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज (बिहीबार) चैत ७ गतेदेखि सेयर बजारमा अन्तिम कारोबार मूल्य निर्धारण गर्ने नयाँ विधि लागू गर्ने भएको छ। नयाँ नियम अनुसार दिउँसो २:४५ देखि ३:०० बजेसम्म भएका कारोबारको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ। यदि यो अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य कायम गरिनेछ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ अनुसार नेप्सेले यो नियम लागू गर्न लागेको हो।हालसम्म बजार बन्द हुने अन्तिम सेकेन्डमा थोरै सेयर किनबेच गरी कृत्रिम रूपमा मूल्य वृद्धि (सर्किट) गराउने प्रवृत्ति देखिँदै आएको थियो। केही लगानीकर्ताले एमकेटी फिचर प्रयोग गरेर अन्तिम समयमा मूल्य बढाउने काम गर्दै आएका थिए।


Advertisement

नयाँ विधि लागू भएपछि अन्तिम सेकेन्डमा कृत्रिम रूपमा सेयर मूल्य बढाउने चलखेलको स्थिति हट्नेछ। अब २:४५ देखि ३:०० बजेसम्मको औसत मूल्य नै अन्तिम कारोबार मूल्य हुने भएकाले साना कम्पनीहरूको सेयर मूल्यमा हुने हेरफेर तथा चलखेल रोक्न यसले मद्दत गर्ने विश्वास गरिएको छ।

485420392 122244535574062928 3929048655600895696 n https://bajarkochirfar.com/nepse-implements-new-method-to-prevent-stock-trading-manipulation-from-today | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर