नेप्से र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २५ गते
नेप्से र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता सम्पन्न भएको छ।

नवलपरासीको गैडाकोटस्थित टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ लाख ३४ हजार ६ सय कित्ता साधारण सेयर योग्य संस्थागत लगानीकर्ताका लागि निष्काशन गर्ने प्रक्रियामा नेप्सेले सहजीकरण गर्नेछ।

उक्त सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाई र कम्पनीका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्। कम्पनीले कुल १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरका १० लाख ८६ हजार ५ सय कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ, जसमा ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ताका लागि र ६० प्रतिशत सर्वसाधारणका लागि छुट्याइनेछ।

सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५३ करोड रुपैयाँ पुग्नेछ।

टाइम फर्मास्युटिकल्स लिमिटेड कम्पनी विगत ३० बर्ष देखि नवलपरासी जिल्लाको गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय तथा गैंडाकोट न.पा वडा नं १० मा उत्पादन प्लान्ट (उद्योग) साथै ललितपुर सातदोवाटोमा मार्केटिङ्ग कार्यालय स्थापना गरी करिब ३०० जना कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिई करिब २०० भन्दा बढि गुणस्तरीय औंषधीहरु उत्पादन गरीरहेको WHO-GMP प्रमाणित कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स