नेपाली मूलका व्यवसायी तथा वैज्ञानिक डा. समिर मास्केको कम्पनी फ्युजमसिन्स इंक (Fusemachines Inc.) अमेरिकी सेयर बजार नास्ड्याक (NASDAQ) मा सूचीकृत भएको छ। कम्पनीको सेयर कारोबार ‘FUSE’ टिकर नामबाट बिहीबारदेखि सुरु भएको हो।
कम्पनीले आफ्नो सूचीकरणलाई ‘सबैका लागि एआई प्रविधि सुलभ बनाउने’ अभियानको नयाँ अध्यायको रूपमा व्याख्या गरेको छ। फ्युजमसिन्सले यस कदमले विश्वभरि एआई समाधानको बढ्दो माग पूरा गर्न सहयोग पुर्याउने विश्वास गरेको छ ।
सन् २०१३ मा स्थापना भएको फ्युजमसिन्सले एआई प्रविधि सम्बन्धी उत्पादन र सेवा प्रदान गर्दै आएको छ। अहिले कम्पनीका कार्यालयहरू उत्तर अमेरिका, एसिया र ल्याटिन अमेरिका मा रहेका छन् र यसले स्वास्थ्य, वित्त, खुद्रा, उद्योग र सरकारी क्षेत्रमा सेवा दिँदै आएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया