नेपाल–साउदी अरबबीच दुई पक्षीय श्रम सम्झौतामा हस्ताक्षर, रोजगारमा सहजता बढ्ने

नेपाल–साउदी अरबबीच दुई पक्षीय श्रम सम्झौतामा हस्ताक्षर, रोजगारमा सहजता बढ्ने
AdvertisementAds

नेपाल र साउदी अरबबीच श्रमिक भर्ना सम्बन्धी दुई पक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। आइतबार रियादमा भएको कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यसबाट साउदीमा कार्यरत नेपाली श्रमिकको हकहित, रोजगार सुरक्षा, सेवा सुविधा, स्वास्थ्य सेवा र श्रमिक अधिकार संरक्षण सुनिश्चित हुने विश्वास लिइएको छ।

नेपालले सन् २०१० देखि साउदीसँग सम्झौताको प्रस्ताव राख्दै आएको थियो। सम्झौताअघि नेपाली श्रमिकहरू निर्माण, सुरक्षा गार्ड र सरसफाइ क्षेत्रमा बिना सुरक्षा, बीमा वा उचित पारिश्रमिकको अवस्था भोग्दै आएका थिए।

साउदीमा पाँच लाख हाराहारी नेपाली कार्यरत रहेको अनुमान छ भने वार्षिक डेढ लाख हाराहारी नयाँ श्रमिक गइरहेका छन्। नयाँ सम्झौतापछि श्रमिकको सेवा सुविधा र सुरक्षा सुनिश्चित हुने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स