बैंकिङ प्रणालीबाट फेरि २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट फेरि २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
Advertisement Ads

 बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत साउन १५ गते बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले बोलकबोल ब्याजदरका आधारमा निक्षेप संकलन गर्ने जनाएको छ। बहुब्याजदर (Multiple Interest Rate) मा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

यो ६१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी असोज १४ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समय कर्जाको माग अपेक्षाअनुसार नबढेपछि बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ। यही अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निरन्तर निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाहरू पनि करिब ३ प्रतिशतको ब्याजदरमा केन्द्रीय बैंकमा रकम राख्न बाध्य भइरहेको अवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स