संस्थापक सेयर खरिद–बिक्रीमा राष्ट्र बैंकको कडाइ

संस्थापक सेयर खरिद–बिक्रीमा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थाहरूको संस्थापक सेयर खरिद–बिक्री सम्बन्धी व्यवस्थामा कडाइ गरेको छ। नयाँ व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाका संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर विद्यमान संस्थापक वा अन्य व्यक्ति तथा संस्थालाई नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिएर मात्र खरिद–बिक्री गर्नुपर्नेछ।

तर चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयर लिएका संस्थापक सेयरधनीले भने आफ्नो संस्थापक सेयर विद्यमान संस्थापक वा अन्य व्यक्ति/संस्थालाई राष्ट्र बैंकको स्वीकृति नलिई पनि खरिद–बिक्री गर्न सक्नेछन्।

नयाँ संस्थापक बन्ने व्यक्ति वा संस्थाले राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गर्नुका साथै Fit and Proper Test पनि पास गर्नुपर्नेछ। यसैगरी, २ प्रतिशतभन्दा बढी सेयरधारण गरेका संस्थापक सेयरधनीले सेयर टुक्र्याएर २ प्रतिशत वा सोभन्दा कम बनाएर यो सुविधा लिन पाउने छैनन्।

597341001 1344209900335655 1869665800495991823 n https://bajarkochirfar.com/nepal-rastra-bank-tightens-restrictions-on-buying-and-selling-of-founder-shares | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स