नेपाल राष्ट्र बैंकले असुरक्षित भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरी डिजिटल वालेट, मोबाइल तथा इन्टरनेट बैंकिङ सञ्चालन गर्न रोक लगाउने निर्देशन दिएको छ।
भीपीएनमार्फत बैंक खाताबाट रकम चोरी हुने घटना बढेपछि राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० संशोधन गर्दै सुरक्षा कडा बनाउने निर्णय गरेको हो। गत वर्ष टिकटक प्रतिबन्धपछि भीपीएनको प्रयोग बढेपछि, बैंकिङ प्रणालीमा त्यसको दुरुपयोग समेत देखिन थालेको थियो।
अब ग्राहकले मोबाइल वा इन्टरनेट बैंकिङ प्रयोग गर्दा भीपीएन प्रयोग गरे/नगरेको पहिचान गरिनेछ। आधिकारिक भीपीएनबाहेक अन्य प्रयोग भएमा बैंकिङ एपमा लगइन गर्न नपाउने व्यवस्था गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
त्यस्तै, भुक्तानी प्रणालीहरूको सुरक्षा सुनिश्चित गर्न प्रत्येक दुई वर्षमा डेटा सेन्टर र डेटा रिकभरी परीक्षण अनिवार्य गरिएको छ। परीक्षणपछि १५ दिनभित्र राष्ट्र बैंकमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था लागू गरिएको छ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया