नेपाल राष्ट्र बैंक नेतृत्वविहीन: एमाले–कांग्रेसबीच सहमति नजुट्दा गभर्नर नियुक्तिमा ढिलाइ



Advertisement
Ads

नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल हिजो ( चैत २४ गते) देखि सकिएको छ। उनको बिदाइ शुक्रबार गरिसकिएको थियो। तर, कार्यकाल सकिएपछि पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन, न त कार्यवाहक गभर्नर तोकिएको छ। राष्ट्र बैंक अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २५ अनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।


Advertisement

एमाले र काँग्रेसमा कस्ले गभर्नर राख्ने भन्नेमा सहमति नजुट्दा सरकारले समिति समक्ष नाम सिफारिस गर्न समेत आग्रह नगरेको काँग्रेसका एक मन्त्रीले बताए। “प्रधानमन्त्री देश बाहिर हुनुहुन्थ्यो, अबको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्छ की ?,” उनले भने। 

सरकारले नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समितिको गठन गरिसकेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल  अध्यक्ष रहेको समितिमा पूर्वगभर्नर विजयराज भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन्। समितिले एक जना डेपुटी गभर्नर अनिवार्य हुने गरी तीन जना योग्य उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्नेछ।

गभर्नरको दौडमा डेपुटी गभर्नर नीलम ढुंगानाको नाम अगाडी छ। प्रधानमन्त्री स्वयं उनलाई नियुक्त गर्न इच्छुक रहेको बताइएको छ। यस्तै बलियो दाबेदारी दिनेमा राष्ट्र बैंककै सञ्चालक सदस्य रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रकाशकुमार श्रेष्ठ र नबिल बैंकका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगाना छन्।

कांग्रेसबाट डा. पाण्डे र एमालेबाट पूर्वमुख्यसचिव क्षेत्री दौडमा भएपछि उनीहरूको उमेर ६५ वर्ष नाघेकोले सरकारले उमेर हदसम्बन्धी प्रावधान नै हटाएको बताइएको छ।

नेपाल राष्ट्र बैंक ऐनको दफा १५ अनुसार गभर्नर नियुक्तिका लागि सिफारिस समितिले मौद्रिक, आर्थिक, बैंकिङ, वाणिज्य, व्यवस्थापन, वा कानुनका क्षेत्रमा स्नातकोत्तर उपाधि हासिल गरेका, उच्च नैतिक चरित्रका र अनुभव प्राप्त व्यक्तिहरूको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर