राष्ट्र बैंकको तथ्यांक भन्छ महंगी ३१ महिनायताकै न्यून

राष्ट्र बैंकको तथ्यांक भन्छ महंगी ३१ महिनायताकै न्यून

चालु आर्थिक वर्षको चैत महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ३१ महिनाको अवधिमा सबैभन्दा न्यून दर हो।

यसअघि यति कम मुद्रास्फीति दर आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा देखिएको थियो, त्य्सबेला मुद्रास्फीति डर ३.४९ प्रतिशत थियो। त्यसपछिका महिनाहरूमा महँगी निरन्तर बढ्दै गएको देखिएको थियो। त्यही वर्षको औसत मुद्रास्फीति दर ६.३२ प्रतिशत रहेको थियो।

त्यसपछिका वर्षहरूमा मुद्रास्फीति दर अझै उच्च हुन पुग्यो। आर्थिक वर्ष २०७९/८० मा औसत मुद्रास्फीति ७.७४ प्रतिशत पुग्यो भने गत आर्थिक वर्ष २०८०/८० मा यो दर ५.४४ प्रतिशतमा सीमित रह्यो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा औसत मुद्रास्फीति ४.५७ प्रतिशतमा झरेको छ। यो अवधिभर मुद्रास्फीति दर केही उतारचढावसहित घट्दो क्रममा देखिएको छ। साउन महिनामा ४.०९ प्रतिशत रहेको मुद्रास्फीति भदौमा ३.८६ प्रतिशतमा झर्‍यो, असोजमा फेरि ४.८२ प्रतिशतमा बढ्यो, कात्तिकमा ५.६० प्रतिशत पुग्यो र मंसिरमा यो ६.०५ प्रतिशतसम्म उक्लिएको थियो। त्यसपछि पुसमा ५.४१ प्रतिशत, माघमा ४.१६ प्रतिशत, फागुनमा ३.७५ प्रतिशत हुँदै चैतमा ३.३९ प्रतिशतमा झरेको हो।

494687449 1401436177476214 6153624770469664014 n https://bajarkochirfar.com/nepal-rastra-bank-data-shows-inflation-at-its-lowest-in-31-months | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स