भ्रष्टाचार बढी हुने देशको सूचीमा नेपाल १०७औं स्थानमा, छिमेकी मुलुकहरुको कति ?

भ्रष्टाचार बढी हुने देशको सूचीमा नेपाल १०७औं स्थानमा, छिमेकी मुलुकहरुको कति ?

नेपाल यस वर्ष पनि भ्रष्टाचारको उच्च स्तर भएका मुलुकहरूमध्ये परेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार, अघिल्लो वर्षको तुलनामा सुधार देखिए पनि नेपाल अझै व्यापक भ्रष्टाचार हुने मुलुकमै गणना गरिएको छ।

सीपीआई २०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ, जसअनुसार १८० मुलुकमध्ये नेपाल १०७औं स्थानमा छ। सन् २०२३ मा नेपालले ३५ अंकसहित १०८औं स्थान हासिल गरेको थियो।

दक्षिण एसियाली मुलुकहरूमध्ये भुटानले ७२, भारत र मालदिभ्सले समान ३८, नेपालले ३४, श्रीलङ्काले ३२, पाकिस्तानले २७, बङ्गलादेशले २३, र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन्। चीनले भने ४३ अंक हासिल गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स