instainsta

नेपालमा अबको दश वर्षमा १०० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक छ: अर्थमन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
नेपालमा अबको दश वर्षमा १०० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक छ: अर्थमन्त्री पौडेल
AdvertisementAds

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दीर्घकालीन पूर्वाधार विकास र दिगो आर्थिक वृद्धिका लागि वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन्। ‘

प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले वर्तमान सीमित स्रोतले राष्ट्रिय प्राथमिकताका परियोजनाहरू सञ्चालन गर्न अपुग भएकाले कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको बताए।

उक्त विधेयकले पूर्वाधार पहिचान, लगानी स्रोत, वित्तीय उपकरणको प्रयोग, र अनुगमन प्रणाली समेट्नेछ। नेपालमा आगामी दशकमा १०० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने अध्ययनहरूले देखाएका छन्, जबकि हाल वार्षिक २–३ खर्ब रुपैयाँ मात्र लगानी भइरहेको छ।

सरकारको दीर्घकालीन योजनाअनुसार ऊर्जा, उद्योग, स्मार्ट सिटी, पर्यटन, सडक र विमानस्थलजस्ता क्षेत्रहरूमा ठूलो लगानीको आवश्यकता रहेको उनले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स