नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज आइतबार (फागुन ११) देखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ छ।
नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता सुरक्षित गरिएको छ।
अब, सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन फागुन १५ सम्म दिन सकिनेछ। फागुन १५ सम्म सबै सेयर बिक्री नभएमा फागुन २५ सम्म आवेदन खुला रहनेछ।एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको यो आइपीओमा, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आइपिओमा आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र अनलाईनबाट मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया