आजबाट नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुल्यो



Advertisement
Ads

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज आइतबार (फागुन ११) देखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ छ।

नेपाल धितोपत्र बोर्डबाट २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता सुरक्षित गरिएको छ।


Advertisement

अब, सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन फागुन १५ सम्म दिन सकिनेछ। फागुन १५ सम्म सबै सेयर बिक्री नभएमा फागुन २५ सम्म आवेदन खुला रहनेछ।एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको यो आइपीओमा, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आइपिओमा आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र अनलाईनबाट मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर