नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा शनिबार वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न सभाले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गरेको छ भने आ.व. २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोकेको छ।
साधारण सभाले हाल कायम चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यसअन्तर्गत सेयरधनीलाई १६.०५ प्रतिशत नगद (करसहित) र ५ प्रतिशत बोनस सेयर प्रदान गरिनेछ।
सभाबाट संस्थापक समूहका तर्फबाट गोविन्दलाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। सभापछि बसेको सञ्चालक समितिको बैठकले संघईलाई पुनः अध्यक्ष चयन गरेको छ।
कम्पनीका अनुसार २०८२ असोज मसान्तसम्म कुल लगानी २५४ अर्ब रुपैयाँ पुगेको छ भने देशभर १९७ कार्यालयमार्फत सेवा दिइरहेको छ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया