नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर बाँडफाँट गरेको छ। कम्पनीले वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलाम बिक्रीमार्फत प्रति कित्ता न्यूनतम १०० रुपैयाँमा संस्थापक समूहतर्फको ४३ हजार ७७९.५२ कित्ता सेयर बिक्रीमा ल्याएको थियो। लिलामी अवधिमा परेका गोप्य शिलबन्दी प्रस्तावहरू वैशाख २६ गते खोलिएको र सोही आधारमा जेठ ६ गते बाँडफाँट गरिएको हो।
कम्पनीले बाँडफाँटमा समावेश हुन नसकेका आवेदकहरूको रकम आजैदेखि आईपीएस प्रणालीमार्फत फिर्ता गरिने जानकारी पनि दिएको छ।



















प्रतिकृया