नेको इन्स्योरेन्सको नाफामा झिनो गिरावट, खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले बढ्यो



Advertisement
Ads

नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २.१६ प्रतिशतले घटेर ३६ करोड ९३ लाख रुपैयाँमा jझरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ७ करोड ३५ लाख रुपैयाँबाट १४.३९ प्रतिशतले बढेर १ अर्ब २२ करोड ७९ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै गरी कम्पनीको कुल आम्दानी ७.०९ प्रतिशतले बढेर १ अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ भने कुल खर्च १ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ अर्ब २३ करोड रुपैयाँमा पुगेको हो।


Advertisement

समीक्षा अवधिमा कम्पनीको बीमा कोष १७.३० प्रतिशतले बढेर ४ अर्ब ६० करोड रुपैयाँमा पुगेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा १५ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा ६७ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको २५.०१ रुपैयाँबाट घटेर २४.४७ रुपैयाँमा आएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २६७.४० रुपैयाँ रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर