नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सनमा सुरु हुँदैछ। सभामा चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर (१०० कित्तामा ७ कित्ता) र ०.३६८४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्नेछ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, उनीहरूको पारिश्रमिक निर्धारण गर्ने, तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावहरू पनि पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते एक दिन बुक क्लोज गरिसकेको छ। त्यसैले, वैशाख २९ गतेसम्म सेयरधनी रहेका व्यक्तिहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।



















प्रतिकृया