प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको सेयर आजदेखि बिक्रीमा, कहाँबाट दिने आवेदन ?
नेको इन्स्योरेन्स लिमिटेडले आज (वैशाख १२ गते) देखि अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ। कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म २५% हकप्रद सेयर (१:४ अनुपातमा) प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता निष्काशन गरेको थियो।
यसमा ४८ लाख ५ हजार ६४०.२० कित्ताका लागि रीतपूर्वक आवेदन दिइसकेका लगानीकर्ताले सेयर प्राप्त गरिसकेका छन्।
बाँकी २ लाख २५ हजार २६१.३५ कित्ता सेयर, जसमा ४३ हजार ७७९.५२ कित्ता संस्थापक समूहतर्फ र १ लाख ८१ हजार ४८१.८३ कित्ता सर्वसाधारणतर्फ रहेका छन्, लिलामीमार्फत बिक्रीमा ल्याइएको हो।
इच्छुक लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन्, जसका लागि बोलकबोलमा न्यूनतम १०० कित्ता सर्वसाधारण र १,००० कित्ता संस्थापक सेयरतर्फ आवेदन दिन सकिन्छ। आवेदन गोप्य शिलबन्दीमार्फत सानिमा क्यापिटल र नेको इन्स्योरेन्सका शाखामा बुझाउन सकिन्छ।