नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ देखि चैत १४ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न गरी सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा पठाइसकेको छ। कम्पनीले ४ कित्ता साधारण सेयर बराबर १ कित्ता हकप्रद सेयरको अनुपातमा कुल ५० लाख ३० हजार कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँको दरमा निष्काशन गरेको थियो।
कम्पनीले माघ १८ गते बुक क्लोज गरेकाले माघ १७ गतेसम्म नेप्सेमा नाम कायम राखी सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूलाई हकप्रद सेयर डिम्याट खातामा पठाइएको हो। हाल उक्त सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबारमा आइसकेको छ।
यद्यपि केही सेयरधनीहरूले अहिलेसम्म सेयर अभौतिकीकरण नगरेकाले तिनीहरूको खातामा हकप्रद सेयर पठाउन नसकिएको कम्पनीले जनाएको छ। कम्पनीले यस्ता सेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ। साथै, सेयर धितो राखेर ऋण लिएका सेयरधनीहरूको हकप्रद सेयर भने ऋण दिने बैंक वा वित्तीय संस्थाबाट एनओसी पत्र प्राप्त भएपछि मात्र सम्बन्धित डिम्याट खातामा पठाइने बताइएको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया