नेको इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ लाभांश ?
नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठक वैशाख ११ गते बसेको बैठकले चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।