नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा असार ५ गते बस्दैछ। सभा लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा बिहान १०:३० बजे सुरु हुनेछ।
सभामा ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै, कर प्रयोजनका लागि थप ०.७८९४७३ प्रतिशत नगद लाभांश पनि पारित गरिनेछ।
सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति, खर्च अनुमोदन, प्रबन्धपत्र तथा नियमावली संशोधन, र पूँजी वृद्धि सम्बन्धी प्रस्तावहरू पारित गर्नेछ। यसैगरी, सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन पनि हुनेछ।
कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार जेठ २१ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन्।




















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)
प्रतिकृया