instainsta

सेयर खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
सेयर खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य
AdvertisementAds

अबदेखि सेयर कारोबार गर्न डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा दिनुपर्ने व्यवस्था लागु गरिने भएको छ। धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था समावेश गरेको छ।

बोर्डले ग्राहक पहिचान प्रणालीलाई राष्ट्रिय परिचय पत्रसँग समायोजन गर्न लागिरहेको छ, जसअनुसार नयाँ हितग्राही खाता खोल्ने क्रममा व्यक्तिको विवरण राष्ट्रिय परिचय पत्रमार्फत प्रमाणित गर्नुपर्नेछ। यसका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) लाई आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स