संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो १:१५ बजे बस्दैछ। सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने आजको बैठकमा दुई मन्त्रीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।
संसद सचिवालयका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।
बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उनले सो प्रस्तावमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउने छिन्।
यसैगरी, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वउपप्रधानमन्त्री, संविधानसभा सदस्य एवं प्रतिनिधिसभाका पूर्वसदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रतिकृया