नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कारोबार विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार, सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकरमा ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटिज) अगाडि देखिएको छ। नासाले कुल २ खर्ब ५८ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार गर्दै शीर्ष स्थान ओगटेको हो।
नासापछि कारोबारका हिसाबले अग्रस्थानमा रहेका अन्य ब्रोकरहरूमा भिजन सेक्युरिटिज, सनी सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यातारा इन्भेष्टमेन्ट, डायनामिक मनि म्यानेजर्स र दीपशिखा सेक्युरिटिज रहेका छन्। यी सबै ब्रोकरले आर्थिक वर्ष ८१/८२ मा १ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्।
यसपटकको विवरणमा सबैभन्दा कम कारोबार गर्ने ब्रोकरमा ब्रोकर नम्बर ७३ (मनि वर्ल्ड सेयर एक्सचेन्ज) रहेको छ। उसले आर्थिक वर्षभरमा १२ करोड ७६ लाख रुपैयाँको कारोबार मात्र गरेको छ। त्यसैगरी ब्रोकर नम्बर ७९ (पाही इन्भेष्टमेन्ट) ले ४० करोड २२ लाख रुपैयाँको कारोबार गरेको देखिएको छ। यी दुई ब्रोकर बाहेक, बाँकी सबै ब्रोकरहरूले आर्थिक वर्ष ८१/८२ मा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्।













![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया