नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले २६.३१ प्रतिशत लाभांश दिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २ गते
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले २६.३१ प्रतिशत लाभांश दिने
AdvertisementAds

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यसअनुसार, कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत दरमा ८ करोड १० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १.३१ प्रतिशत दरमा ४२ लाख ६३ हजार १५७ रुपैयाँ नगद वितरण गरी कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २४ गते बिहान ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन स्वीकृत गर्ने, सञ्चालक समितिलाई आवश्यक फेरबदल गर्ने अख्तियारी दिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन, चालु वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, स्वतन्त्र सञ्चालकको पुनर्नियुक्ति र सञ्चालक समितिमा भएका परिवर्तनको अनुमोदन समेत गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स