माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको आईपीओ बाँडफाँड सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३१ गते
माउण्ट एभरेष्ट पावर डेभलपमेण्टको आईपीओ बाँडफाँड सम्पन्न

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक  एनआईएमबि एस क्यापिटल लिमिटेडले आज दिउँसो सेयरको बाँडफाँड गरेको हो।

कम्पनीले वैशाख  १७ गतेदेखि वैशाख २३ गतेसम्म कुल १ लाख ७२ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि १७ हजार २ जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाएकाछन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Mount Everest Power Development Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स