नेप्सेमा दुई कम्पनीको ८३ लाख ५ हजार बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न सकिने ?
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। शुक्रबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ८३ लाख ५ हजार ६८१.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशतका दरले हुन आउने ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशतका दरले हुन आउने ८२ लाख ७ हजार ९६६.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।